परराष्ट्रमन्त्री साउद : प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छौं
zeenepal
२०८० बैशाख ३,
3
Shares
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफमा उनले भने, ‘हामी छलफल अगाडि बढाउछौं
भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको बताए । ‘विश्वभरिका देशसँग, छिमेकीसँग आगामी दिनमा हाम्रो सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजानेछौं’ उनले भने ।