
उनले भनिन्, ‘संविधानमा व्यवस्था भए अनुसारनै यो निर्वाचन भएको छ । अलग दल र फरक लिंग भन्ने संविधानको भावनामा नै टेकेर उपसभामुख निर्वाचित हुनु भएको हो । यो छिटो हुनुपर्दथ्यो भन्ने मेरो पनि मान्यता थियो’सांसद घर्तीले नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिन् ।