
पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले एकातर्फ प्रतिष्पर्धी दलहरूको गठबन्धन र अर्कोतर्फ तयारी अभाव हुँदा अपेक्षित नतिजा नआएको उल्लेख गरेका छन् । तर, राप्रपाले लोकप्रिय जनमतमा भने उल्लेख्य सुधार गरेको लिङ्देनको भनाइ छ । चुनावमा राप्रपाबाट चार निर्वाचित पालिका प्रमुख÷अध्यक्ष र चार निर्वाचित उपप्रमुख÷उपाध्यक्षसहित ३०७ जना निर्वाचित भएका थिए ।