कोहलपुर साउन। जेसिज सप्ताह २०२२ अन्तर्गत बिहीवार कोहलपुरमा ट्राफिक सचेतना सम्बन्धि स्लो बाईक प्रतियोगिता सप्पन्न भएको छ । स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख एन बहादुर मल्लले नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् तब सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने देखिएको बताए ।
दुर्घटना न्यूनीकरण कम गर्न चालकका साथै स्थानीयले पनि ट्राफिक नियमको पुर्ण पालना गर्न गति सिमित गरि आफ्नो तर्फबाट आफै सचेत रहनु पर्ने मल्लले औल्याएका थिए ।कार्यक्रममा नेपाल जेसिज पुर्ब कार्यकारी उपाध्यक्ष तिर्थ पौडेल, नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पाण्डे, कोहलपुर जेसिजका पूर्ब अध्यक्ष बुद्धि थापा लगायत जेसिजका पदाअधिकारीहरुको सहभागिता थियो ।
ADVERTISEMENT