राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकामा पनि निजामती सेवा दिवस मनाइएको छ । निजामति सेवा दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले विहान सरसफाई गरेका छन् ।
निजामति कर्मचारीले कार्यालयदेखि अगैया बजारसम्म पुगेर सरसफाई गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । दिवसकै अवसरमा बुधवार दिउँसो ३ बजे जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले निजामती दिवस मनाइरहँदा आजको दिनलाई कालो दिनका रुपमा चित्रण गरेका छन् । नयाँ निजामति ऐन, कर्मचारी समायोजन लगायत विषयमा असन्तुष्टि जनाउँदै निजामति कर्मचारी युनियन लगायत विभिन्न संघसंगठन आन्दोलित छन् ।
उक्त आन्दोलन चलिरहेका कारण निजामती दिवसलाई कालो दिनका रुपमा मनाउन बाध्य भएको निजामति कर्मचारी युनियन राप्तीसोनारीका अध्यक्ष गौरवकुमार लामिछानेले बताए । उनीहरुले हातमा कालो पट्टी बाँधेर दिवस मनाएका हुन् ।
ADVERTISEMENT