काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ ।उनीहरुलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
ADVERTISEMENT