कोहलपुर : संविधान दिवसको अवसरमा कोहलपुरमा सरसफाई तथा सचेतना मुलक कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिका कार्यालयदेखि साझा चोकसम्म सरसफाई र सचेतना मुलक कार्यकम गरिएको हो ।
सो क्रममा नगर प्रमुख पुर्णप्रसाद आचार्यले कोहलपुरलाई सुन्दर बनाउन कोहलपुरबासी सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै उपप्रमुख संगिता सुवेदीले नगरपालिकाले वडा स्तरमा सरसफाई र सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । सरसफाई कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, प्रहरी, बिद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।
ADVERTISEMENT