काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् । घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको नाम पनि समेटिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारकर्मी तारा भूषण दाहाल(भूषण दाहाल) लाई सुप्रबल जनसेवाश्री दिने घोषणा गरेकी छन् ।
नेपाल सेवा प्रवीणबाट रोशनबहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुषाल, गोपालकुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्बशी बस्न्यातलाई दिने घोषणा गरिएको छ । यस्तै पत्रकार बद्री प्रसाद तिमल्सिनालाई समाजसेवा रत्न प्रदान गरिने भएको छ ।
प्रबल जनसेवाश्री पत्रकारहरू जीवनप्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय र प्रकाशचन्द्र सुवेदी, सञ्चारकर्मीहरु सुरजसिंह ठकुरी र नारायणप्रसाद अधिकारी र फोटो पत्रकार हरि गोपाल प्रधानलाई दिने घोषणा गरिएको छ ।