नेपालगञ्ज : युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्यसहित पिके इभेन्ट्स प्रलिको आयोजनामा शनिवार फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने भएको छ । आयोजकले इभेन्ट्सको तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
अडिशनमा बाँके, वर्दिया लगायत विभिन्न शहरका ४२ जना प्रतिस्पर्धीले भाग लिने अध्यक्ष प्रकाश कुवरले जानकारी दिए । फेस अफ नेपालगञ्जको प्रतिस्पर्धामा प्लस टु र व्याचलर तहमा अध्यन गर्ने विद्यार्थीले भाग लिनेछन् ।
नेपालगञ्जको म्याजेष्टिक पार्टी प्यालेसमा हुने फेस अफ नेपालगञ्ज तेस्रो संकरणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको बिजेता सेन्जल पौडेलले गर्ने बताइएको छ । कोभिड १९ पछि हुन लागेको कार्यक्रममा निकै उत्साहजनक सहभागिता देखिएको छ ।