काठमाडौं ।सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए । उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरू आउने प्रतिबद्धता जनाउने तर काम नगरेको आरोप लगाए । मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरूले सबैभन्दा बढी चासो राख्नुपर्ने बताए ।