बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी खडैचाबाटै फर्कियो सिडियोको टोली
zeenepal
२०७९ आश्विन २१,
9
Shares
नेपालगञ्ज ।तीन दिनदेखि भएको अबिरल वर्षातको कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । निरन्तरको वर्षातको कारण राप्तीनदीमा पानीको सतह पनि बढेर खतराको चिन्ह पार गरेको छ राप्तीनदीको पानी पसेर बाँकेका डुडुवा गाउपालिका वडानं. १ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा,(पाझा भनेको गोठ जस्तो घर भएको ठाउ हो, जहाँ खेतीपाति लगाउदा बस्ने गरिन्छ) कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन सो क्षेत्रमा डुवान तथा बाढी प्रभावित भएका करिव २ सय ५० जनालाई त्यहाँ रहेको नेराप्रावि कृषि चौफेरी,सामुदायिक आश्रय भवनहरुमा स्थानन्तरण गरिएको छ ।
तीन दिनदेखि अबिरल परेको पानीको कारण प्रभावित क्षेत्रको अवस्था बुझ्नको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा गएको टोली बाढीको कारण प्रभावित स्थान पुग्न नसकी खडैचाबाटै फर्केको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बाढी प्रभावितलाई स्थानीय वडा कार्यालयबाट खाने व्यबस्था मिलाईएको जानकारी दिए ।उनले घरघरमा पानी पसे पनि मानविय तथा चौपाय क्षति भने नभएको बताए ।