बाँके (डुडुवा) : बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल निर्वाचित भएको छ । कांग्रेसको तर्फबाट वडाअध्यक्ष पटेश्वर कुर्मीले ८ सय ४२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७ सय ६० मत ल्याएका छन् ।
जनता समाजवादी पार्टी(जसपा)का बद्री यादवले ३ सय २९ मत प्राप्त गरे । यस्तै सदस्यमा ज्ञानेन्द्र कुमार चौधरी र रामसागर लोनिया, महिला सदस्यमा सुष्मा यादव, दलित महिला सदस्यमा कनिकतारा पासी निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरीले ९ सय ६२ मत प्राप्त गरी अगाडी छन् ।
यस्तै नेकपा एमालेका सरोजकुमारी यादवले ८ सय ५० मत प्राप्त गरेकी छन् । जसपाका भण्डारीलाल यादवले ३ सय ४७ मत ल्याएका छन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका शाहिदा बानोले ९ सय ३३ मत ल्याएर अगाडी छिन् । एमालेका शकिल खाले ८ सय २१ मत ल्याएका छन् । डुडुवा वडा नम्बर १ मा कुल खसेको २ हजार ६ सय ९५ मतमा १ सय ४४ मत बदर भएको थियो । अहिले वडा नम्बर ६ को मतगणना चलिरहेको छ ।
ADVERTISEMENT