प्रतिगमन परास्त गर्न ‘लोकतान्त्रिक-बाम गठबन्धन’ को अपिल
zeenepal
२०७९ मंसिर १,
12
Shares
नेपालगन्ज : आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न 'लोकतान्त्रिक-बाम गठबन्धन' ले बाँकेबासीलाई अपिल गरेको छ । नेपालगन्जमा बिहीबार बसेको गठबन्धनको बैठक पश्चात संयुक्त रुपमा अपिल जारी गर्दै उक्त गठबन्धनले प्रतिगमनलाई परास्त गर्न, संघिय लोकतान्त्रिक गणतन्त्रको विकास, संविधानको रक्षा, स्थायी सरकार निर्माण गरी देशमा समृद्धि र विकास गर्नका लागि 'लोकतान्त्रिक-बामगठबन्धन' का उम्मेदवारलाई मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेको हो ।
‘बाँके जिल्लाबासी सम्पूर्ण मतदाता आमा, बुवा दिदी बहिनी तथा दाजुभाईहरुमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट हार्दिक अपिल गर्दछौं,’ उक्त अपिलमा भनिएको छ । यसरी अपिल जारी गर्नेमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक डम्बरबहादुर बिक, नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्यद्धय अशोक कोइराला र अब्दुल हुसेन खाँ तथा राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटा रहेको काँग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले जानकारी दिए ।