नेपालगञ्ज : गरिमा विकास बैंकले १६ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो ।
बुधबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको कोहलपुर शाखाका शाखा प्रबन्धक शक्तिसिहं कर्माचार्यले जानकारी दिए ।गरिमा विकास बैंकका सेवाग्राही एवंं रक्तदान कार्यक्रममा सहभागी कुशर शाहले गरिमा विकास बैकं बैकिंङ सेवामा पनि उत्कृष्ट र परोपकारमा पनि उत्कृष्ट भएकाले बैकं प्रति थप विश्वास जागृत भएको बताए ।
बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ । राष्ट्रीय स्तरको उक्त विकास बैकंले हाल १ सय २० शाखा, ५१ एटिएम र २ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।