सप्तरी मंसिर। सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् ।सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेचनप्रसाद चौधरी थारू तेस्रो भएका छन् ।
लेखीले १४ हजार २९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जनमतका महतोले ९ हजार ९०९३ मत मात्र ल्याए ।यस्तै माओवादी केन्द्रका थारूले ७ हजार ५४२ मत, स्वतन्त्रका शम्भुबहादुर खड्काले २ हजार६६५ मत, स्वतन्त्रका हेमराज तातेडले १ हजार १४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश परियारले १ हजार ८० र लोकतान्त्रिक समाजवादी पार्टीका तुलसी प्रसाद चौधरीले ५६० मत ल्याए ।
ADVERTISEMENT