डोटी मंसिर, । पछिल्लो समयमा नेपाली राजनीतिमा निकै चर्चामा रहेका प्रेमबहादुर आलेमगरले संसदमा ह्याट्रिक गरेका छन् ।२०७० सालको संबिधान सभा निर्वाचनमा पहिलो पटक संसदमा प्रवेश पाएको आलेले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तेस्रो पटक अविचलित जित हात परेका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २०६ मतले पराजित गर्दै ह्याट्रिक गरेका हुन् ।
डोटीमा एक निर्वाचन क्षेत्र कायम भएपछि ०७४ सालमा उनी वाम गठवन्धनका साझा उम्मेदवार भए चुनाव जिते । यसपटक पनि आलेलाई बर्तमान सत्ता गठबन्धनको साथ थियो ।
ADVERTISEMENT