पञ्चेश्वर परियोजना बने सुदूरपश्चिम समृद्ध हुन्छ : प्रधानमन्त्री देउवा
zeenepal
२०७९ मंसिर २२,
15
Shares
धनगढी मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत र पञ्चेश्वर परियोजना बनेमा सुदूरपश्चिम समृद्ध हुने बताएका छन् ।देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बताउदै अब काम अघि बढ्नेमा पनि सरकार विश्वस्त रहेको बताए ।
कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेतीसँगै पञ्चेश्वर परियोजना पनि निर्माण भए सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
आयोजकले प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाउदै पश्चिम सेती परियोजना निर्माण, गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा स्तरोन्नती गर्नुपर्ने समेतका १५ बुँदे मागसमेत राखेको थियो ।आयोजकले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै देउवाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको पनि बताए ।
देउवाले उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले सुदूरपश्चिमको कला, संस्कृतिको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।प्रधानमन्त्री देउवाले विधिवत रुपमा उद्घाटन गरेको सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।