काठमाडौं ।नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले अब बन्ने नयाँ सरकारमा शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री बन्ने बताएकी छिन् । आइतबार निर्वाचन आयोगमा समानुपातिक तर्फको सांसदको प्रमाणपत्र लिने क्रममा सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै राणाले नेपाली कांग्रेसको संसदीय दलको नेता देउवा नै बन्ने र सरकारले नेतृत्व गर्ने दाबी गरिन् । उनले भनिन्–‘उहाँ पार्टी सभापति पनि हो, अहिले गठबन्धनलाई जिताएर आफ्नो पार्टीलाई पनि ठुलो पार्टी बनाउनुभएको छ ।
अवश्यपनि उहाँ नै उठ्नुहुनेछ ।’ गगन पालाई अगाडि बढाउने कुरा पनि छ नी भन्ने प्रश्नमा उनले संसदीय दलको चुनावमा गएपछि थाहा हुने उल्लेख गर्दै कांग्रेस प्रजातान्त्रि पार्टी भएकोले जसले पनि संसदीय दलको नेतामा दाबी गर्न पाउने उल्लेख गरिन् । उनले पार्टीमा सहमति गरेर जानेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने विगतदेखिको प्रचलन अनुसार नयाँ नेतृत्व स्थापित भएर जान प्रतिस्पर्धामा जानुपर्ने बताइन् । देउवाले पनि विगतमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गर्दै पछि आएर स्थापित भएर नेतृत्व गरेको उल्लेख गरिन् ।
ADVERTISEMENT