
अहिले कांग्रेस, एमालेलगायत अरू दलले संसदीय दलको नेता चयन गरेका छैनन् । हामीले हतारमा किन दलको नेता चयन गर्नुप¥यो भन्नेभयो’ गजुरेलले भने, ‘त्यसैले हामीले सबै सांसदहरुले शपथ खाएपछि दलको नेता चयन गरौँ भन्ने निर्णय भयो ।’ बरु निर्वाचित सांसदहरूलाई बोलाएर खादा माला लगाएर शुभकामना दिन सकिने तयारी गरिएको छ । संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड आफै हुने निश्चित जस्तै छ । पार्टीबाट कुनै नेताले दाबी नगरेकाले प्रचण्ड हुने पक्कापक्की छ ।