गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त
zeenepal
२०८० चैत्र २५,
3
Shares
पोखरा । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी एमाले संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८ (२)बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे को समर्थनमा मुख्यमन्त्रीका लागि दबी पेश गरेका थिए ।