नेपालगञ्ज : बाँकेलगायत पश्चिम तराईका जिल्लामा चिसो बढेको छ । बाक्लो हुस्सु लाग्न थालेपछि चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बाँके डुडुवा ६ का जयपाल मौर्यले बताए ।
हुस्सुका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । कुहिरोले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुर्याएको डुडुवा ६ का कृषक गुरुदीन यादवले बताए ।
ADVERTISEMENT