काठमाडौं पुस । वीरगञ्जमा सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी भएका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उनको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयी भए ।
मानन्धर पाँच सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले दुई सय ९७ मत ल्याए । मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी भए ।

