काठमाडौँ — जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए ।सत्ता गठबन्धनको बैठकपछि राउतले भने, '
हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।' यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए ।
अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो । जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको थियो ।
ADVERTISEMENT