काठमाडौँ । हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० यता मात्र नेपाली आकासमा झण्डै ६० वटा विमान दुर्घटनामा परिसकेका छन् । जसमध्ये ३५ वटा विमान त सन् २००६ यतामात्र दुर्घटनामा परेका छन् । जसमा ६१८ जना यात्रुले ज्यान गुमाएका छन् ।
सन् २००६ यताको दुर्घटना मे २०२२ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु

