बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजे -अर्थमन्त्री
zeenepal
२०७९ फाल्गुन २,
168
Shares
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन् । मंगलबार बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन् ।अहिले सरकारले गर्न चाहेको चालु खर्चको कटौती हो, फजुल खर्च, नगरे पनि हुने खर्च कटौती गरेका हौं’ उनले भने, ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा स्रोतको अभाव नहोस् भन्नेमा सरकारको ध्यान छ ।’
अर्थतन्त्रमा देखिएको चुनौतीका कारण अहिले सरकार दबावमा रहेको भन्दै पौडेलले भने, ‘यो प्रेसरमा साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने नीति हो ।’गत पुस मशान्तसम्म मुलुकको सञ्चित कोष १ खर्ब ३९ अर्ब ऋणात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले अवस्था सुधार हुन समय लाग्ने बताए । ‘हाम्रो अर्थतन्त्रको स्वस्थ जीवनका लागि यो गम्भीर चिन्ताको विषय हो । हाम्रो अवस्थालाई इग्नोर गरेर अगाडि बढ्न सक्दैनौं’ उनको भनाइ छ ।
बजेटलाई राजस्वमा नै केन्द्रित बनाउन चाहेको भन्दै अर्थमन्त्री पौडेलले तर त्यस्तो अवस्था अहिले नै सम्भव नभएको बताए । सरकारको जोड आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नै रहेको भत्न्दै अवस्थामा सुधार हुँदै गएमा भविष्यमा राजस्वले मात्र मुलकको बजेट निर्माणमा स्रोत पर्याप्त हुने उनी बताउँछन् । ‘अहिले आयातमा आधारित राजस्व छ, यसलाई परिवर्तन गर्न समय लाग्छ’ उनले भने ।