काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।
नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको थियो र उक्त कार्यक्रममा निधि सहभागी भएका थिए ।त्यस्तै निधिले आफ्नो बाबुको नाममा रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने महेन्द्र नारायण निधिको जन्मजयन्ती समारोहमा प्रचण्डलाई निम्तो पनि गरेका उनको सचिवालयले जनाएको छ । त्यसबाहेक उनीहरुबीच के कुराकानी भएको भन्नेबारे खुलाइएको छैन ।