काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरिसकेको छ भने निर्वाचनको समीक्षासहित अन्य प्रस्तावहरुमाथि छलफल भइरहेको नेताहरुले बताएका छन् ।बैठकले आगामी चैतमा विधान अधिवेशन गर्ने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य रकम चेम्जोङले जानकारी दिए ।बैठकले आगामी चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्नुपर्ने विषयहरुमा समेत छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा समेत छलफल भइरहेको नेताहरुले बताएका छन् ।
ADVERTISEMENT