नेपालगञ्ज : लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याईन ।नेपालगञ्जमा आइतबार वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सो कुरामा जोड दिएकी हुन ।
उनले भनिन–‘‘हामीकहाँ भएका तीनै तहका सरकारबीच समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता हो । तीनै तहबीच समन्वय र सहकार्य भएर काम भए संघीयता कार्यान्वयनमा सहज हुन्छ ।’नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत रहेकी मन्त्री केसीले जनयुद्ध कै जगमा अहिलेको व्यवस्था आएको कुरामा जोड दिदै भनिन–‘ ‘जनयुद्वकै जगमा अहिलेको संघीय गणतन्त्र नेपाल भएको हो । दुःख गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन तपाई युवाहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ ।’
देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री केसीले सोही अनुसार भूमिका समेत निभाउनु पर्नेमा जोड दिईन । ‘युवाको तातो जोश र जाँगरलाई विवेकमा बदलेर साँच्चिकै समाजको नेतृत्व गर्न सक्नुपर्छ’ उनले भनिन ‘त्यसकारण युवा साथीहरु साँच्चिकै विवेकको रुपान्तरण गर्दै युवाले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’
देश परिवर्तनका लागि युवाहरुले भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनुपर्ने मन्त्री केसीले बताईन । ‘यो देशको परिवर्तनको निमित्त समेत युवाहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनु पर्छ’ उनले भनिन ।
ADVERTISEMENT