
सूचनामा भनिएको छ “सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ । सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।”
