
हाम्रो क्रान्तिले नेतृत्वको प्रश्नको हल गर्न सकेको छैन । चुनावबाट नेतृत्वको प्रश्नको हल हुन्छ । चुनाव भनेको वर्ग र राजनीतिक संघर्षको केन्द्रीय थलो हो । हामीले निर्माण गरेको संविधानले ५/५ वर्षमा हुने निर्वाचनबाट नेतृत्वको प्रश्नको हल गर्ने गर्छ । त्यसको नेतृत्व एमालेले गर्ने अवसर पायो भने जबजको बाटो हुँदै समाजवाद तर्फ जान्छ । त्यस कारण नेतृत्वको प्रश्न भनेको क्रान्तिलाई पूर्णता दिनु जत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने ।