काठमाडौं वैशाख,। पटक पटक मिति तोकिएर स्थगित हुँदै आएको शहीद स्मारक बी डिभिजन लिग आयोजनाका लागि दवावस्वरुप क्लबहरुले ए डिभिजन लिगको खेलस्थलमा सांकेतिक प्रदर्शन गरेका छन् आइतबार च्यासल रंगशालामा संकटा र एपीएफबीच प्रतिस्पर्धा भइरहेको थियो । दुई टिमका खेलाडीको जर्सी जुधेपछि २० मिनेट ढिला गरी खेल सुरु भएको थियो ।मैदानमा खेल भइरहँदा च्यासल रंगशालाको प्यारापिटमा भने अजीव दृश्य देखियो । हातमा प्लेकार्ड बोकेका केहि व्यक्तिहरु फुटबल प्रतियोगिता आयोजनाको माग गरिरहेका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाले सुरुमा १५ चैत र पछि २९ चैतदेखि बी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म प्रतियोगिता सुरु हुन सकेको छैन ।
१४ पुसमा एन्फा र क्लबबीचको छलफलले १५ चैतदेखि बी डिभिजन लिग आयोजना गर्ने सहमति गरेको थियो । सो समयमा लिग हुन नसकेपछि १७ चैतमा बसेको एन्फा कार्यसमिति बैठकले २९ चैतदेखि प्रतियोगिता सन्चालन गर्न नयाँ मिति तोक्यो ।अहिले एन्फाले बजेट अभावका कारण प्रतियोगिता समयमा सन्चालन गर्न नसकेको भन्दै गैरजिम्मेवार तर्क गरिरहेको क्लबहरुले बताएका छन् ।
गत साता बी डिभिजनका १४ मध्ये १३ क्लबले प्रतियोगिताका लागि तयारी गरे पनि खेल्न नपाउँदा आफूहरुको ४५ दिनको क्षतिपूर्ति माग गरी एन्फामा निवेदन दिएका थिए ।एन्फाले बी डिभिजन क्लबहरुलाई दिनुपर्ने १४ लाख ५० हजार रुपैयाँ तयारी खर्च पनि अहिलेसम्म दिएको छैन
ADVERTISEMENT

