नेपालगन्ज । पाल्पाली मिलन केन्द्र बाँकेले नयाँ वर्ष को अवसरमा श शुभकामना आदानप्रदान गरेको छ पाल्पाली मिलन केन्द्र बाँकेले नयाँ वर्ष को अवसरमा शुक्रवार शुभकामना आदानप्रदान गरेको छ । पाल्पाली मिलन केन्द्र बाँकेले २०८०को अवसरमा चियापान ,शुभकामना आदानप्रदान , भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले सर्वप्रथम सबैजनासँग चिनाजानी गर्ने अवसर मिलाईदिएकोमा आयोजकलाई धन्यवाद दिदैँ पाल्पाली समाजसँग हातेमालो गर्दे अगाडी वढ्ने कुरा व्यक्त गरिन ।
सुखमा सबै रमाऔँ र दुखमा पनि सबै मिलेर जाऔँ भन्ने पाल्पाली मिलन केन्द्र बाँकेको मुल उद्देश्य रहेको सस्थाका अध्यक्ष माधव प्रसाद पोखरेलले आफनो धारणा व्यक्त गरे। साथै पाल्पाली समाजलाई अप्ठेरो परेको समयमा केही भएपनि सहयोग गर्न सकियोस भनेर आर्थिक कोष समेत सन्चालन गर्न लागिएको समेत सस्थाका अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा पत्रकारहरु शङ्कर प्रसाद खनाल , झलक गैरे , रबिन्द्र घिमिरे , आशिष गुप्ता , मधु पौडेल, स्मारिका तथा भितेपात्रो प्रकाशन समिती ,नेपाल राष्ट्र बैङ्कका उप निर्देशकद्वय छवि घिमिरे र सुमन नेपाल,राँझा आर्मी व्यारेकका जर्नेल उमेश कार्की ,कोहलपुर ईलाका प्रहरी कार्यालयका डि एस पी सुन्दर तिवारी ,नेपाल लाईफ ईन्स्योरेन्सका शाखा प्रवन्धक पदमलाल पौडेल , राँझा एयरपोर्टका प्रवन्धक शुरेस प्रसाद खनाललाई सम्मान समेत गरिएको पाल्पाली मिलन केन्द्र बाँकेका अध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिए ।
कर्यक्रममा ठाकुरवाबा नगरपालिका वर्दियाकी उप मेयर विना भट्टराई , नेपालगन्ज उप महानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ मिलन केन्द्र बाँकेका कार्यसमिती पदाधीकारी , सदस्यहरु , पाल्पाली समाजका व्यवसायीहरु लगाएतको उपस्थिती रहेको थियो । 
