तनहुँ । तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ ।उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।