
नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी विश्वव्यापी प्रावधानमा नेपाल ग्रे लिस्टमा परेकाले त्यसबाट उम्किन सुनजस्ता बहुमूल्य धातुहरूको कारोबारमा कर लगाउनुपरेको समेत बताए । मन्त्री पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको समेत बताए ।