
अर्को प्रसङ्गमा भौगोलिकरूपमा सानो भए पनि देश जातीय, भाषिक, सांस्कृतिक मात्रै नभई जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरूका पर्यटकहरूलाई नेपाल स्वागत गर्न आतुर रहेको पनि उल्लेख गरे ।
सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतङ्कवादको विरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराएका थिए ।अध्यक्ष तिमिल्सिनासँग आजै सेन्ट पिर्टसबर्ग सिटीको व्यस्थापकीय सभाका अध्यक्ष अलेक्जेन्डर ब्लेस्कीले पनि शिष्टचार भेट गरेको उनको सचिवालयले जनाएको छ ।