लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी गर्ने सहमति
zeenepal
२०८० बैशाख १४,
6
Shares
बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए ।नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको तर कसले कति समय नेतृत्व गर्ने भन्ने नभएको बताए ।
‘आलोपालो गर्ने सहमति भएको हो तर कुन दलले कति समय नेतृत्व गर्ने टुंगो लागेको छैन’, तिमिल्सेनाले भने, ‘मुख्यमन्त्री नियुक्त भएपछि बसेर थप सहमति गर्ने भन्ने छ ।८७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २९, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा,लोसपा र जनमतका ३–३ जना, राष्ट्रिय जनमोर्चा,एकीकृत समाजवादी र स्वतन्त्रका एक–एकजना सांसद छन् ।