राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने :गगन थापा
zeenepal
२०८० बैशाख १८,
6
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च ब्यहोर्नुपर्ने बताएका हुन् । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट ब्यहोर्नुपर्ने उनले बताए ।
राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ ब्यहोर्छु भनेर सार्वजनिक गर्न उनले आग्रह समेत गरे । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताए । महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनैपनि दलसँग कहिल्यैपनि गठबन्धन गर्नु नहुने बताए ।