भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
zeenepal
२०८० बैशाख १८,
3
Shares
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन् । सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताए ।‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ । हामी आयोग बनाउने तयारीमै छौं प्रचण्डले भने, ‘मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि, सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं ।
सबैभन्दा ठुला भ्रष्टाचारीलेभ्रष्टाचारीको छानविन गर्नुपर्यो भन्ने गरेको भन्दै प्रचडले आश्चार्य प्रकट गरे । ‘सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानविन हुनुपर्यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्छ। तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्। हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन। भ्रष्टाचारको छानविन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ।’ प्रचण्डले भने । विश्व भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादमामा मुनाफाको होड र अव्यवस्थित विकासका कारण विश्वले निकै ठूला चुनौतीको सामना गरिरहेको प्रचण्डले जिकिर गरे ।