
साढे १० किलोमिटर सडकको शिलान्यास सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता कार्कीले सदरमुकामदेखि सीमावर्ती गाउँसम्म जोड्ने सडकको इनरुवा ४ स्थित हनुमान चोकमा शिलान्यास गरेका हुन् ।उक्त सडक कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको हो । २३ किलोमिटर सडकमध्ये हाल साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । उक्त सडक महावीर इन्जिनियरिङ एन्ड कन्सट्रक्सन प्रालि काठमाडौँले ३२ करोड ८३ लाख पाँच हजार ८०३ रुपैयाँमा ठेक्का पाएको हो ।