
नेपालमा साइबर सुरक्षाको विषयलाई बढी कठोर बनाइयो भने सीमापारि गएर दुरुपयोग हुने खतरा रहेको बताए । नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले साइबर सुरक्षा नीतिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध हुन्छ की भन्ने तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।अभिव्यक्त गर्ने सबैभन्दा मुख्य माध्यम नै अहिले इन्टरनेट माध्यम भएकाले त्यसको निर्वाध प्रयोग गर्न पाउने कुराको सुनिश्चितता हुनुपर्ने धारणा राखे ।प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगरले हरेक व्यक्ति पहिले एउटा नागरिक भएकाले नागरिक अधिकारको दृष्टिकोणबाट यसलाई हेर्नुपर्ने बताइन् । उनले साइबर माध्यममा धेरै अपराध भइरहेकाले पेशा पनि जोगिने र विकृति पनि रोकिने उपाय अपनाउनु पर्ने धारणा राखिन् ।