
विधान अधिवेशनमा पेस गरिने विधानको मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठित कार्यदलले तयार गरेको हो । विधान संशोधन मस्यौदामा केन्द्रीय समितिको सदस्य सङ्ख्या घटाउन प्रस्ताव गरिएको छ । विधानको मस्यौदामा एक सय ५१ सदस्यीय कार्यसमितिको प्रस्ताव गरिएको छ, भने मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने तथा ७० वर्ष पूरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी पार्टी सदस्य सङ्ख्याको अनुपातमा मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसङख्य गरिएको सङ्ख्यक समुदाय जातीय, सामाजिक समूहबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने भनि मस्यौदामा उल्लेख गरिएको छ ।