पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइयो
zeenepal
२०८० बैशाख २७,
12
Shares
काठमाडौं ।प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । त्यहाँ स्वास्थ्य परीक्षण गरेपछि सरकारी वकिलको कार्यालयमा पुर्याएको हो ।
सरकारी वकिलको कार्यालयबाट अब उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।बुधबार बिहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।