काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने बताएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।
निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पु¥याउन राज्यका सम्बन्धित निकाय र पदाधिकारीहरुलाई हार्दिक आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'साथै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ ।'भ्रष्टाचारको समस्यालाई दीर्घकालीन निवारण गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार ल्याउन पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।