सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने
zeenepal
२०८१ जेष्ठ १,
3
Shares
काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो ।
सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताए । ‘
उहाँहरुले अनलाइनबाट पठाएको रिट निवेदन हामीले प्रारम्भिक रुपमा हेर्छौं, त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात माग्नेछौं’, उनले अनलाइनखबरसँग भने, ‘हामीले परीक्षणको रुपमा यो सेवा सुरु गर्न खोजेको हो । काम गर्दै गएपछि आवश्यक परेमा थप परिमार्जन गरिनेछ ।प्रवक्ता उप्रेतीका अनुसार यो व्यवस्थाले काठमाडौं बाहिरका सेवाग्राहीलाई सहज हुनेछ । ‘उहाँहरुलाई बाहिरबाट एउटा रिट निवेदन दर्ता गर्नपनि काठमाडौं आउनैपर्ने बाध्यता थियो । त्यसक्रममा अनेक झञ्झट हुन्थ्यो, अब त्यो हट्नेछ’, उनले भने, ‘प्रारम्भिक परीक्षणपछि अनलाईन दर्ता प्रणालीलाई थप परिमार्जन गर्दै लैजाने योजना छ ।’