
यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरू लुम्बिनी, बोध गया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनकोलागि साझा कथाहरू-कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरू समेटिएका छन् ।
मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रग्मीले बताए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितीले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताए । ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिड पछि सिथिल भएको पर्यटनलाई पुनर्जागृत गर्न र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रा अपेक्षा छ,’ उनले भने ।