
प्रवक्ता राईले सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौँ उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरिएको बताए । खानेपानी वितरणको तालिका काठमाडौँ उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरूको फेसबुक पेजमार्फत प्रकाशन गरिएको उनले बताए । २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुसीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने उनले बताए ।
प्रवक्ता राईले मेलम्चीको १७ करोड लिटर पानी आउँदा १७ करोड रुपैयाँ उठ्नुपर्ने मान्यता भएपनि १० हजार लिटर बराबर एक सय रुपैयाँसम्म उठ्ने गरेको बताए । विगतमा ५ हजार लिटर पानी आउँदा पनि सय रुपैयाँ संकलन भएको १७ करोड लिटर पानी अनुसार आम्दानी नदेखिने उनले बताए ।
मेलम्चीको १७ करोड लिटर पानी आएप्रश्चात वार्षिक आयमा १० करोड रुपैयाँले वृद्धि भएको उनले बताए । मेलम्ची आउनु भन्दा पहिला वार्षिक ६५ करोड रुपैयाँ हुने गरेकोमा मेलम्ची आएपछि ७५ करोड पुग्ने अवस्था रहेको उनले बताए ।