पूर्वराष्ट्रसेवक कर्मचारीहरूको अनुभवलाई राज्यले उपयोग गर्नुपर्छ : मन्त्री मोदी
zeenepal
२०८० जेष्ठ १,
3
Shares
काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पूर्वराष्ट्रसेवक कर्मचारीहरूको विवेक, क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताएका छन् । सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
पूर्व प्रशासकको रुपमा तपाईँहरूले हासिल गरेको विवेक, क्षमता र अनुभवलाई राज्यले कुनै न कुनै रुपमा उपयोग गर्नुपर्छ’ उनले भने, ‘राष्ट्रको सेवा गर्ने क्रममा तपाईँहरूले हासिल गर्नुभएको अनुभव राज्यका लागि सम्पत्ति हो, त्यसको राज्यले उपयोग गर्नुपर्छ भन्नेमा सरकार गम्भीर छ ।
मन्त्री मोदीले जनताको सेवा नै सबैको प्राथमिकता रहेको बताए । सेवा निवृत्त राष्ट्र सेवकहरुलाई यातायात र स्वास्थ्य उपचार सुविधामा सहुलियत दिने विषयमा सरकारले आवश्यक गृहकार्य गर्ने विश्वास व्यक्त गरे । यसअघि बजेट भाषणमा समेत समाविष्ट भएको रासन कार्ड लागू गर्ने सन्दर्भमा पनि आवश्यक छलफल गरेर कार्यान्वयनको प्रक्रिया थाल्ने उनको भनाई थियो ।