सभामुख हुँदा एमालेले सांघातिक हमलाकै प्रयास गर्यो : अग्नि सापकोटा
zeenepal
२०८० जेष्ठ १,
3
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमलाको प्रयास गरेको आरोप लगाएका छन् ।सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कार्यकर्ताले बुटवल, धुलिखेल र सिन्धुपाल्चोकमा सांघातिक आक्रमणको प्रयास गरेको बताएका हुन् ।
उनले भने, ‘त्यतिबेला मलाई सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे। बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे।’२ भदौ ०७८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको सापकोटाको आरोप थियो ।