काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने दाबी गरेका छन् ।सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको बताएका छन् ।
तर कांग्रेस र कम्युनिस्टले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरता सहितको परिर्वतन नभएको दाबी गर्दै उनले प्रतिवेदनमा भनेका छन्, ‘कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्र गर्न सक्छ, यो वास्तविकता हो, धरातलीय यथार्थ हो ।’
वैचारिक र व्यवहारिक दुबै दृष्टिले राप्रपाबाहेक अरू कुनै पार्टी कांग्रेस र कम्युनिस्टको विकल्प बन्न सक्ने सम्भावना नै नभएको लिङ्देनको दाबी छ ।देश र राजनीति दुई कित्तामा बाँडिएको दाबी गरेका राप्रपा अध्यक्ष लिङ्देनले बेथितिको निरन्तरतामा रमाउने ठूला तथा पुराना दल र अवस्था मात्र बदल्ने नयाँ दलका अवधारणा निकास र निराकरणका लागि पर्याप्त नभएको बताएका छन् ।देशको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छा दल एकै कित्तामा उभिएका छन्, यथास्थितिको निरन्तरताका पक्षधर बनेका छन्,’ उनको दाबी छ ।
ADVERTISEMENT

