
उनले भने ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ । हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ ।
बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका जतिपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडो भन्दा चाँडो, हामी त्यसलाई टुंगोमा पु¥याउनेछौँ । जहाँसम्म मलाई लाग्छ, हामी यही अधिवेशनबाट यो विधेयक पास गरी यो विषय हामी सधैँका लागि राम्रोसँग सम्पादन गरी निष्कर्षमा पु¥याउनेछौँ ।’प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नुपर्ने बताए